मोदीको भ्रमणले लुम्बिनी पुग्ने भारतिय पर्यटक बढ्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नेपाल घुम्ने भारतिय पर्यटकको संख्या बढ्ने बताएका छन् ।
‘प्रधानमन्त्री मोदीको जनकपुर र मुक्तिनाथ भ्रमणले ति क्षेत्रमा भारतिय पर्यटकको संख्या बढेको थियो,’ २ हजार ५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने,‘ प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले भगवान बुद्धको जन्मस्थललाई थप परिचित बनाउन मद्दत पुग्नुको साथैँ लम्बिनीमा भारतिय पर्यटकको संख्या समेत बढ्ने छ । मोदीलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ ।’
प्रधानमन्त्री देउवाले लुम्बिनीलाई विश्वशान्तीको केन्द्रको रुपमा विकास गर्ने सरकारले लक्ष्य भएको बताए । ‘बोधगया, कुसीनगर, सारनाथलाई लुम्बिनीसँग एक आसपमा जोड्ने विषयमा समेत प्रधानमन्त्री मोदीसँग छलफल भएको छ,’ देउवाले भने, ‘हामीहरु बुद्दिस्ट सर्किटलाई आगाडी बढाउने विषयमा प्रतिबद्ध छौँ ।’
भगवान बुद्धबाट शान्ती, सद्भाव, दया, क्षमा र करुणाको ज्ञान सबैले सिक्नु पर्ने देउवाको भनाइ छ । मोदीको भ्रमणले दुई देशको सम्बन्ध थप सुधार हुने प्रधानमन्त्री देउवाको अपेक्षा छ ।
नेपाल भारतको सम्बन्धलाई थप सुधार गर्ने विषयमा फलदायी छलफल भएको देउवाले बताए । ’भारत बहुआयामिक सम्बन्ध भएको घनिष्ट मित्र हो,’ देउवाले भने‘कोरोना महामारीका क्रममा पनि भारतले उदार भएर सहयोग गरेको थियो ।’