काठमाडौं महानगरमा बालेन र स्थापितको मतान्तर अहिलेसम्मकै उच्च, कसको कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार ३३९ पुगेको छ ।

उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको मत भने ३ हजार ८६२ मात्रै रहेको छ ।

साह र स्थापितको मतान्तर ३ हजार ४७७ रहेको छ । साहले स्थापितको भन्दा अहिलेसम्म ३ हजार ४७७ मत बढी ल्याएका छन् ।

साहले मतान्तर क्रमैसँग बढाउँदै गएका छन् । त्यसैगरी, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ सय ५८ मत पाएकी छिन् ।


क्लिकमान्डु