अपडेटः काठमाडौं महानगरमा बालेन र स्थापितको मतान्तर हालसम्मकै उच्च



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार पुग्दा नेकपा एमालेका केशव स्थापितको मत ३७ सय मात्रै पुगेको छ ।

पछिल्लो अपडेटअनुसार साहले ७ हजार ८९ मत प्राप्त गर्दा स्थापितले ३७ सय ४६ मत मात्रै प्राप्त गरेका छन् । बालेनले स्थापितको भन्दा ३३ सय ४३ मत बढी ल्याएका छन् ।

बालेनले लगातार मतान्तर बढाउँदै लगेका छन् । पछिल्ला ३ वटा अपडेट हेर्ने हो भने ३०३०, ३१००, ३२४३ को मतान्तर थियो । अहिलेसम्मको सबैभन्दा पछिल्लो अपडेटमा मतान्तर बढेर ३३४३ मत पुगेको हो ।

त्यसैगरी, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ सय मत प्राप्त गरेकी छिन् ।


क्लिकमान्डु