काठमाडौं महानगरको उप-मेयरमा डंगोलले गठबन्धनका श्रेष्ठलाई २३५५ मतले पछि पारिन्



काठमाडौं । काठमाडौं महानगरपालिकाको उप-मेयरमा एमाले तर्फकी उम्मेदजार सुनिता डंगोलको मत उल्लेख्य बढदै गएको छ ।

जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रतालाई कायम राखेकी छिन् । उनले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई २३५५ मतले पछि पारेकी छिन् ।

पछिल्लो परिणाम अनुसार डंगोलले ३३१७ मत पाएकी छिन् भने श्रेष्ठले ९६२ मात्रै मत पाएका छन् । यस्तै राप्रपाका बिनिता मगैयाले ७६२ मत पाएका छन् । यस्तै आँखी झुयालमा ३४४ मत परेको छ ।

राष्ट्रिय सभागृहमा हाल १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना जारी छ ।


क्लिकमान्डु