काठमाडौंमा बालेन्द्र साह १५ सय मतले अगाडि, स्थापितलाई पछ्याउँदै सिंह



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदजार बालेन्द्र साहको मतान्तर बढ्दै गएको छ ।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १४६५ मतले पछि पारेका छन् । अहिलेसम्मको मत परिणामअनुसार साहले ३ हजार ११० मत पाएका छन् ।

एमालेका उम्मेदवार स्थापितले १ हजार ६४५ र काँग्रेसकी उम्मेदार सृजना सिंहले १ हजार ६०२ मत पाएका छन् । साह र स्थापितको मतान्तर धेरै हुँदा सिंहले स्थापितलाई पछ्याई रहेकी छिन् ।


क्लिकमान्डु