बालेन साहको अग्रता कायमै, एमालेका स्थापितलाई १३१३ र कांग्रेसकी सिर्जनालाई १३७१ मतले पछि पारे



काठमाडौ । देशको राजधानी काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले लगातार मतान्तर बढाउँदै लगेका छन् ।

मत गणना शुरु भएदेखि फस्ट भएका बालेनले आफ्ना प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार केशव स्थापितलाई निकै पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले २८ सय २० मत ल्याएका छन् । त्यस्तै, एमालेका उम्मेद्वार स्थापितले १५ सय ७ मत ल्याएका छन् । स्थापितले बालेनभन्दा १३ सय १३ कम मत ल्याएका हुन् ।

तेस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । सिंहले १४ सय ४९ मत ल्याएर एमालेका उम्मेदवार स्थापितलाई पछ्याइरहेकी छन् ।


क्लिकमान्डु