एक महिनामा क्यूआरबाट करिब ९ अर्ब र कनेक्ट आइपीएसबाट करिब ३ खर्बको कारोबार



काठमाडौं । पछिल्लो विद्युतीय भुक्तानी बढ्दै गएको छ । मोबाइल बैंकिङका प्रयोगकर्ता बढ्दै जाँदा क्यूआर कोड स्क्यान तथा कनेक्ट आइपीएसबाट हुने कारोबार रकम बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार चैत महिनामा क्यूआर कोड स्क्यान गरी भुक्तानी भएको कारोबार रकम करिब ९ अर्ब रुपैयाँ छ । जुन हालसम्म कुनै एक महिनामा भएको कारोबारमध्ये सबैभन्दा धेरै हो । फागुन महिनाको तुलनामा चैत महिनामा यस्तो भुक्तानी १ अर्ब १८ करोड रुपैयाँले बढी हो ।

चैत महिनामा कुल ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ क्यूआर कोडबाट भुक्तानी भएको छ । जबकी फागुन महिनामा यस्तो कारोबार ७ अर्ब ७६ करोड २० लाख, माघ महिनामा ६ अर्ब ८९ करोड २० लाख, पुस महिनामा ६ अर्ब ५२ करोड ५० लाख र मंसिर महिनामा ६ अर्ब २८ करोड २० लाख रुपैयाँ थियो ।

कनेक्ट आइपीएसबाट करिब ३ खर्बको कारोबार
राष्ट्र बैंकका अनुसार चैत महिनामा कनेक्ट आइपीएसमार्फत् करिब ३ खर्ब रुपैयाँको कारोबार भएको छ ।

फागुन महिनामा २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा चैत महिनामा १८ अर्ब रुपैयाँभन्दा बढी अर्थात् २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु