सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु