हिमालयन हाइड्रोपावरको आइपीओ निष्कासन, कसले कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका–१ साविकको (पाचें गाविसको सबै वडा, मादी गाउँपालिका–२ साविकको (नामार्जुन गाविसका सबै वडाका) स्थानिय बासिन्दाका लागि आइपीओ निष्कासन गरेको हो । यस्तै मादी गाउँपालिका–३ र ४ साविकको (थुमाकोडाँडा गाविसका सबै वडा र मादी गाउँपालिका–६ र ७ साविकको (सिल्दुजुरे गाविसका सबै वडाका स्थानिय बासिन्दाले) आइपीओमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले स्थानीयका लागि ९ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आइपीओमा ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखाबाट आवेदन दिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकको कास्कीमा रहेको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की, गरिमा विकास बैंकको कास्कीमा रहेको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखाबाट आवेदन दिन सकिने छ । यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु