नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सूचीकृत



काठमाडौं । नबिल बैंकले अमेरिकी कृषि विभाग (युएसडीए) बाट संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरण गर्न युएसडीएसँग सम्झौता गरेको छ ।

नबिल बैंक कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।

युएसडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणिकरण गरिरहनु नपर्ने बैंकले जनाएको छ ।

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्रमार्फत् सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु