मूल्य बढी राखेपछि पाठ्यक्रम विकास केन्द्रले ओसियन पब्लिकेसनलाई सोध्यो स्पष्टिकरण



काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सामग्री प्रकाशित गर्दै आएको ओसियन पब्लिकेसनलाई स्पष्टिकरण सोधेको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्य सामग्रीमा मापदण्डअनुसार मूल्य नभएको भन्ने गुनासो आएपछि केन्द्रले स्पष्टिकरण सोधेको थियो ।

ओसियन पब्लिकेसनले कक्षा सातको ‘साइन्स एण्ड टेक्नोलोजी’ विषयमा स्वीकृत मापदण्डभन्दा ४३ रुपैयाँ बढी मूल्य राखेको पाइएको थियो ।

केन्द्रले स्पष्टिकरण सोधेपछि स्वीकृति मापदण्डअनुसार मूल्य सच्याइएको ओसियन पब्लिकेसनले जनाएको छ ।


क्लिकमान्डु