बैंक अफ काठमाण्डूका ग्राहकले विभिन्न स्थानमा ४५% सम्म छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकहरुलाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विभिन्न होटल, रेस्टुराँ, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टलमा उक्त छुट पाउनेछन् ।

सम्झौता अनुसार बिराटनगरको पर्पल हेज रेष्ट्रो एण्ड गार्डेनमा १५ प्रतिशतसम्म, मिठो रेष्टुराँ रेष्टुराँ एण्ड थकाली किचन बिर्तामोडमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै, नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १० प्रतिशत, मिटिङ प्वाइन्ट रेष्टुराँ एण्ड बार बिर्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट प्रालि सौराहमा २० प्रतिशत, चिकन स्टेसन इमाडोलमा १० प्रतिशत र सोलमारी रेष्ट्रो एण्ड मिटिङ प्वाइन्ट इमाडोलमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी बिर्तामोडमा १० प्रतिशत, रामजानकी अस्पताल जनकपुरमा १५ प्रतिशत, नमो मनकामना डेन्टल एण्ड क्लिनिक इमाडोलमा २५ प्रतिशतसम्म छुट पाइनेछ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले बिराटनगरको पिपलचोकमा रहेको तानस्का फेसन स्टुडियोमा १५ प्रतिशत र जिम÷फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेट जिम ढल्कोमा ४५ प्रतिशतसम्म छुट पाइनेछ ।


क्लिकमान्डु