‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीमनारायण रेग्मीले नेपालका भाषा र सरकारी कामकाज नामक पुस्तक सार्वजनिक गरेका छन् ।

उनले ७५३ स्थानीय निकायमा बोलिने भाषा सम्बन्धी तथ्याङ्क सङ्कलन गरी पुस्तक प्रकाशित गरेका हुन् ।

तथ्याङ्क अनुसार विश्वमा ७ हजार १ सयभन्दा धेरै भाषा बोलिन्छ। जसमध्ये नेपालमा मात्रै १४० भाषा बोलिन्छ ।

३३० पेजको यो पुस्तकको मूल्य ११ सय तोकिएको छ।


क्लिकमान्डु