४४ खर्बको सेयर बजार ३३ खर्बमा झरेको कारण पत्ता लगाउनुपर्छः डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ४४ खर्बमा पुगेको सेयर बजार ३१ खर्बमा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले १३ खर्बले बजार पुँजीकरण घटेको विषयमा कारण पत्ता लगाउनुपर्ने बताए ।

‘बजारमा ५१ लाख लगानीकर्ता भनेपनि कतिजनाले आफैले निर्णय गरेर लगानी गर्छन्, त्यो महत्वपूर्ण कुरा हो,’डेपुटी गभर्नर मिश्रले भने ।

राष्ट्र बैकले एनआरएनएलाई डलर खाता खोल्ने र डलरमा नै लैजान सक्ने अफर ल्याएको बताए । यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।


क्लिकमान्डु