लापरबाहीले विजुली काटिएको हो, आपूर्ति सहज बनाउन प्रधानमन्त्रीसँग कुरा भइरहेको छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल उद्योग वाणिज्य महासंघ समक्ष तीन दिनभित्र बुँदागतरुपमा सुझाव पेश गर्न आग्रह गरेका छन् ।

सोमबार महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्रीले भने, ‘लामो रिपोर्ट पढ्न सकिन्न, तीन दिनभित्र लिखितरुपमा सूची बनाएर सूझाव दिनुहोस् ।

उनले तीन दिनभित्र सुझाव नदिए बजेटमा माग परेनन् भनेर गुनासो नगर्न समेत आग्रह गरे ।

उनले सरकार कर उठाउन रोइकराई गर्ने र निजी क्षेत्र कर तिर्न नचाहने काम बन्द गर्नुपर्ने बताए ।

उनले तीन वटा प्रोजेक्टमा काम गर्ने हो भने ६÷७ खर्ब वैदेशिक लगानी आउने बताए ।

मन्त्री शर्माले लोडसेडिङको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताए । उनले केही लापरबाहीका कारण विजुली काटिएको समेत बताए ।

मन्त्री शमाएले व्यापारघाटा घटाउन, भुक्तानी सन्तुलनमा ल्याउने गरी काम मन्त्रालयले आग्रह गरेको जानकारी दिए ।


क्लिकमान्डु