अप्रिलमा आए ३५ हजार ८७१ विदेशी पर्यटक



काठमाडौं । कोभिड संक्रमणको दर घट्दै जाँदा नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्न थालेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसारका अप्रिल महिनामा मात्रै ३छ हजार ८७१ जना पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको सोही अवधिमा यस्तोसंख्या १ हजार ४६८ थियो ।

साथै सन् २०२० मा कोरोना महामारीको उत्कर्षको समयमा १४ जना आएका थिए भने सन् २०१९ को अप्रिल महिनामा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल आएका थिए ।


क्लिकमान्डु