नवनियुक्त अर्थमन्त्रीले भने – जनताले अनुभूत गर्ने गरी आर्थिक सुधार गर्छु




काठमाडौं । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अति दुर्गममा बस्ने र अति विपन्न बर्गका जनताले अनुभूत गर्ने गरी आर्थिक सुधार गर्ने बताएका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएपछि कार्यभार सम्हाल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘दुर्गमभन्दा दुर्गम ठाउमा बस्ने र अति विपन्न जनताले अनुभूत नगरेसम्म हामीले अंकमा यति प्रगति गर्यौं र उति गर्यौं भन्नुको अर्थ रहदैन, विपन्न जनताले समेत अनुभूत गर्ने गरी आर्थिक सुधार गर्छु,’ उनले भने ।

यस्तै उनले सुशासनमा आफूले बढी जोड दिने पनि बताए ।

‘अर्थमन्त्रालय मेरो लागि नौलो हो, म शनिवार आइतबार नभनि काम गर्छु, सुशासनमा विश्वास गर्ने भएकोले म सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लागि पहल गर्छु,’ उनले भने । आर्थिक विकास र संविधान कार्यान्वयन आफ्नो कार्यकालको प्रमुख मुद्दा भएको उनको भनाइ छ ।


क्लिकमान्डु