भैरहवा विमानस्थलमा रनवेबाट फर्कन सकेन नेपाल एयरलाइन्स



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको विमान रनवेबाट फर्कन नसक्दा समस्या उत्पन्न भएको छ ।

विमानस्थलका प्रमुख गोविन्द दाहालले विमान पुरानो रनवेमा पुगेको फर्कन समस्या भएको बताए ।

‘विमान नयाँ रनवेबाट आउनु पर्नेमा पुरानोमा पुगेकाले फर्कन समस्या भएको थियो, तर अहिले पार्किङमा आइसकेको छ,’ उनले भने ।

रनवेबाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि पुगेर विमान रोकिएको थियो ।

बिहीबार साँझ ५ बजे परीक्षण उडानका लागि नेपाल एयरलाइन्सको विमान पर्यटनमन्त्रीसहित भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि उडान गरेको थियो । विमानको सिट क्षमता २७४ छ ।


क्लिकमान्डु