
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार २ लाख ८६ हजार ७ सय रुपैयाँमा काराेबार भएको सुनको मूल्य आइतबार बढेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
यस दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो ।






प्रतिक्रिया