सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएकोमा आइतबार १ लाख रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु