काठमाडौं महानगरमा एमालेका उम्मेद्वारः मेयरमा स्थापित, उपमेयरमा स्वतन्त्र उठ्ने भनेकी डंगोल



काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर टुंगो लगाएको छ ।

एमालेले मेयर पदको उम्मेद्वारमा पूर्वमेयर केशव स्थापित रोजेको छ । स्थापित २०५४ सालमा काठमाडौं महानगरको मेयर भएका थिए । मेयरका रुपमा तत्कालीन समयमा उनले गरेको कामबारे आज पनि चर्चा हुन्छ ।

त्यसैगरी एमालेले उपमेयर पदमा यसअघि मेयर पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकी सुनिता डंगोललाई टिकट दिएको छ । डंगोल पूर्वमिस नेवाः समेत हुन् । उनले यसअघि नै काठमाडौं महानगरको मेयर पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी थिइन् ।


क्लिकमान्डु