नेकपा एमालेको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)



काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन-२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार उक्त घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको घोषणापत्र ४८ पृष्ठ लामो रहेको छ । सुशासन, समृद्धि र समाजवादको आधार पालिका–पालिकामा एमालेको सरकार भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्येक नागरिकका घरमा विद्तयु्सुविधा उपलव्ध गराउने। विपन्न परिवारलाई घरायशी प्रयोगको विद्तयु्निशलु्क उपलव्ध गराउने उल्लेख छ । ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानुनी र संरचनात्मक प्रबन्ध गर्ने उल्लेख छ ।

नेपाल विद्तयु् प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने, पालिकामा सञ्चालित जलविद्तयु आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने, बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा, लघु जलविद्तयु लगायतका वैकल्पिक ऊर्जाका प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पुर्याउने लक्ष्य रहेको छ ।

यस्तै घरेलु प्रयोगमा विद्तीय चुलो लगायत नवीकरणीय ऊर्जाकोउपयोग बढाउने, आधुनिक कृषि, लघु तथा घरेलु उद्योग, स्थानीय उत्पादनको प्रशोधन लगायतबाट आय आर्जन गर्न ऊर्जाकोउपयोग गर्न प्रोत्साहन गर्ने, विकास र आधुनिकीकरणको प्रक्रियालाई अगाडि बढाउन विद्युतको उपयोग वृद्धि गर्ने रहेको छ ।


क्लिकमान्डु