सरकार र राष्ट्र बैंक गभर्नरबीच समस्या देखियो: प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकार र गर्भनरका बीचमा समस्या देखिएको बताएका छन् ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले अहिलेको सरकार बनेदेखि नै गभर्नरसँग समस्या भएको बताए ।

उनले अदालतले १३ गते गर्ने फैसलाले वास्तविक कुरा आउने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर गभर्नर हटाने निर्णय गरेको बताए ।

‘सरकार र गर्भनरबीचमा केही समस्या त देखिएपछि हटाउन परेको हो, अब थप फैसला अदालतले गर्ने छ,’ उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माको बचाउ गर्दै प्रचण्डले भने, ‘अर्थमन्त्रीको मात्रै दोष छैन, सबैको सल्लाहमा हटाएको हो ।’

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई असहयोग गरेको भन्दै निलम्बन गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो ।

सरकारको उक्त निर्णयको विरुद्धमा गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमा मंगलबार सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त अन्तरकालिन अन्तरिम आदेशसँगै गभर्नर बुधबारदेखि कार्यालय फर्किएका छन् ।

सर्वोच्चले आगामी वैशाख १३ गतेका लागि पेशी तोकेको छ । उक्त पेशीमा अन्तरकालिन अन्तरिम आदेश निरन्तर हुने वा नहुने भन्ने निर्णय गर्नेछ ।


क्लिकमान्डु