खर्च बढ्दा वाणिज्य बैंकको नाफा बढेन, ९ महिनामा ५१ अर्ब नाफा 



काठमाडौं । खर्च बढ्दा वाणिज्य बैंकहरुको नाफा स्थिर देखिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ५० अर्ब ८९ करोड नाफा रहेको छ । अघिल्लो वर्ष चैत मसान्तमा वाणिज्य बैंकको नाफा ५० अर्ब ५९ करोड थियो ।

२७ वटा वाणिज्य बैंकमा यो पटक सबैभन्दा बढी नाफा गर्नेमा ग्लोबल आइएमई बैंक अगाडि छ । ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएर पहिलो स्थानमा छ ।

१५ वटा बढ्यो,सेञ्चुरीको सबैभन्दा बढी

चैत मसान्तको वित्तीय विवरणमा १५ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा सेञ्चुरी बैंक छ । सेञ्चुरीले ६६ करोडले नाफा बढाएर १ अर्ब १ करोड नाफा गरेको छ ।

एनआईसीले ६० करोड नाफा बढाएर ३ अर्ब ६० करोड नाफा गरेको छ । एनआईसी एशिया नाफा बढी गर्नेमा दोस्रो स्थानमा छ । यस्तै सिभिलले ४० करोडले नाफा बढाएर ९० करोड नाफा गरेको छ । एनसीसीले ३८ करोडले नाफा बढाएर १ अर्ब ४८ करोड नाफा गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले ४४ करोडले नाफा बढाएर १ अर्ब ६२ करोड नाफा गरेको छ ।

नाफा बढाउने बैंकमा हिमालयन बैंक ११ करोडले बढेर १ अर्ब ३९ करोड,माछापुच्छ्रे २६ करोडले बढाएर १ अर्ब ५५ करोड,सनराइज १४ करोडले बढाएर १ अर्ब २७ करोड,मेगा ४ करोडले बढाएर २ अर्ब १ करोड,ग्लोबल १५ करोडले बढाएर ३ अर्ब ७२ करोड,सिद्धार्थ २ करोडले बढाएर २ अर्ब ८ करोड नाफा गरेका छन् ।

एनएमबि बैंक १५ करोडले नाफा बढाएर २ अर्ब ६६ करोड,सिटिजन्स ४ करोडले बढाएर १ अर्ब ५८ करोड तथा एभरेष्ट १ करोडले बढाएर १ अर्ब ५१ करोड नाफा गरेका छन् ।

१७ बैंकको घट्यो,वाणिज्य बैंकको सबैभन्दा बढी

१७ वाणिज्य बैंकको नाफा घटेको छ । जसमा सबैभन्दा बढी सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकको अघिल्लो वर्षभन्दा ६६ करोडले नाफा घटेर २ अर्ब ६१ करोडमा झरेको छ ।

एनबी ५२ करोडले नाफा घटेर १ अर्ब ११ करोड,लक्ष्मी ४३ करोडले घटेर ८५ करोड,प्रभु ३५ करोडले घटेर १ अर्ब ७५ करोड नाफा गरेका छन् ।

बैंक अफ काठमाण्डू २९ करोडले घटेर ८७ करोड तथा,सानिमा २६ करोडले घटेर १ अर्ब ५९ करोड,इनभेष्टमेन्ट ३७ करोडले घटेर २ अर्ब ४७ करोड,नबिल ३२ करोडले घटेर ३ अर्ब ३५,कृषि विकास १७ करोडले घटेर १ अर्ब ९० करोड नाफा छ ।

प्राइम ९ करोडले २ अर्ब ७२ करोड नाफा छ । कुमारीको भने केही लाखले मात्र नाफा घटेको छ ।

वाणिज्य बैंकहरुको नाफा रकम करोडमा

बैंकनाफा २०७८ चैतनाफा २०७७ चैतफरक
हिमालयन13912811
एनसीसी14811038
लक्ष्मी85128-43
प्रभु175210-35
एनबी111163-52
सेञ्चुरी1013566
एसबिआई1308743
बिओके87116-29
सिभिल905040
माछापुच्छ्रे15512926
सनराइज12711314
सानिमा159185-26
मेगा2011974
चार्टर्ड16211844
इन्भेष्टमेन्ट247284-37
नेपाल219226-7
नबिल335367-32
ग्लोबल37235715
राष्ट्रिय वाणिज्य261327-66
सिद्धार्थ2082062
कृषि विकास190207-17
एनमबि26625115
एनआईसी36030060
प्राइम272281-9
कुमारी1801800
सिटिजन्स1581544
एभरेष्ट1511501


क्लिकमान्डु