मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ६८ लाखबढी



काठमाडौं । विद्युतीय कारोबार बढ्दै जाँदा मोबाइल बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या १ करोड ६८ लाख ४८ हजार ३४३ पुगेको छ । यो संख्या वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिएकाहरुको हो ।

जसमध्ये वाणिज्य बैंकबाट मात्रै १ करोड ४८ लाख ७१ हजार ५८ जना सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिएका छन् । यस्तै विकास बैंकबाट १८ लाख ९० हजार ३७६ र वित्त कम्पनीहरुबाट ८७ हजार जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताका संख्या १६ लाख ९ हजार २०९ पुगेको छ । जसमा वाणिज्य बैंकबाट १२ लाख ५७ हजार ९७०, विकास बैंकबाट ३ लाख ४१ हजार ८८५ र विकास बैंकका सेवाग्राहीले ९ हजार ३५४ जनाले यस्तो सेवा लिएका छन् ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ करोड २ लाख ३८ हजार ४७३ जनाले डेबिट कार्ड जारी गरेका छन् ।

जसमा वाणिज्य बैंकका ग्राहकले ९७ लाख ४२ हजार ६०५ वटा, विकास बैंकका ग्राहकले ४ लाख ५६ हजार ३१६ र वित्त कम्पनीका ग्राहकले ३९ हजार ५५२ वटा कार्ड जारी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले २ लाख १९ हजार ९४६ वटा क्रेडिट कार्ड र ९२ हजार ९५२ वटा प्रिपेड कार्ड जारी गरेका छन् ।


क्लिकमान्डु