वैशाखमा ६ कम्पनीले बोलाए साधारणसभा



काठमाडौं । वैशाखमा ६ वटा कम्पनीले साधारणसभा गर्ने भएका छन् ।

साधारणसभा गर्नेपर्ने समय सकिएको ४ महिनापछि मिति तय गर्न थालेका छन् । सेयर लगानीकर्ताहरुले समयमा नै सभा नगर्ने कम्पनीमा वित्तीय सुशासन नहुने भन्दै विरोध समेत गर्ने गरेका छन् ।

त्यस्ता कम्पनीलाई समयमा नै सभा गर्न विभिन्न समयमा अनुरोध गर्दै पनि आएका छन् । वैशाख महिनामा ४ वटा बीमा कम्पनी, एउटा माइक्रोफाइनान्स र एउटा फाइनान्स कम्पनीले साधारणसभाका लागि मिति तय गरेका छन् ।

नेपाल फाइनान्सले वैशाख ३ गतेका लागि सभा बोलाएको छ । सभाका लागि चैत १७ गते बुक क्लोज गरिसकेको छ । कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।

यस्तै वैशाख २३ गते सभा बोलाएको युनियन लाइफ इन्स्योरेन्सले पनि लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले त्यसको लागि वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।

यस्तै वैशाख ९ गते आइएमई जनरल इन्स्योरेन्सले सभा बोलाएको छ । त्यसको लागि कम्पनीले चैत २५ देखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत २४ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै वैशाख १० गते नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सभा बोलाएको छ । त्यसको लागि कम्पनीले चैत २३ देखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत २३ गतेसम्म कामय रहेका लगानीकर्ता कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

वैशाख २१ गते एभरेष्ट इन्स्योरेन्सले सभा बोलाएको छ । त्यसको लागि वैशाख १२ गते बुक क्लोज गर्ने भएको छ । वैशाख ११ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव उक्त सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु