सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ लाख १५ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँल बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।