वस्तुको प्रत्यक्ष बिक्री गर्ने इजाजत प्राप्त कम्पनीको संख्या ११ पुग्यो, अधिकतम चुक्ता पुँजी २ करोड



OLYMPUS DIGITAL CAMERA

काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्री गर्ने इजाजत प्राप्त कम्पनीको संख्या ११ पुगेको छ ।

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को अन्त्यबाट कारोबार गर्न सरकारले इजाजजत प्रदान गर्न शुरु गरेको थियो । उक्त आर्थिक वर्षमा ७ वटा कम्पनीहरूले कारोबार गर्न इजाजत प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा २ वटा कम्पनीले इजाजत प्राप्त गरी कम्पनीको संख्या ९ पुगेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा २ वटा कम्पनीहरूले इजाजत प्राप्त गरी कम्पनीको संख्या ११ पुगेको हो ।

सरकारले नेपालमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायलाई नियमन गरी भरपर्दो, पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाई सर्वसाधारण उपभोक्ताको हकहित गर्ने उद्देह्यले नेपालमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ जारी गरेको थियो । सरकारले उक्त जारी भएको ऐन २०७४ माघ २ गतेबाट लागू भएको र वस्तुको प्रत्यक्ष बिक्री निर्णयले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत भई कार्यान्वयनमा आएको छ ।

उक्त ऐन, नियमवाली तथा निर्देशिकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देह्य भएका कम्पनीहरूले व्यापार÷व्यवसाय गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजजत लिनुपर्ने व्यवस्था छ ।

विभागबाट इजाजत प्रदान गर्दा चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने, औषधी, मदिार तथा सुर्तीजन्य वस्तु लगायतका उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको वस्तु, तन्त्रमन्त्र लगायतका काल्पनिक वा यस्तै अप्रमाणित अलौकिक भनिएका वस्तु, ट्रेडमार्क दर्ता नभएका वस्तु तथा प्रचलित कानूनले बन्देज लगाएका वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निकासी, पैठरी तथा प्रत्यक्ष बिक्री वा वितरण गर्न बन्देज लगाएका अन्य वस्तुले प्रत्यक्ष बिक्रीको लागि इजाजत पाउन सक्ने छैनन् ।

तर, उक्त तोकिएभन्दा अन्य वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न सक्नेछन् । जसमा विभागले विभिन्न मापदण्ड तोकेको छ ।
विभागका अनुसार हाल वस्तुको प्रत्यक्ष वस्तुको बिक्री गर्ने कम्पनीको चुक्ता पूँजी न्यूनतम १ करोडदेखि अधिकतम २ करोड रुपैयाँ छ ।

हालसम्ममा इजाजत लिएको मध्ये ३ वटा कम्पनीले २ करोड रुपैयाँ चुक्ता पूँजीको र १ करोड धरौटी रकमको इजाजत लिएको छ । त्यसैगरी, विभागबाट इजाजत लिएकोमध्य ७ वटा १ करोड चुक्ता पूँजी र ५० लाख धरौटी रकमको कम्पनी छ ।

साथै, १ वटा कम्पनी भने १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले इजाजत लिएको छ । सो कम्पनीको धरौटी रकम ६१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रत्यक्ष वस्तुको बिक्रीका लागि इजाजत लिएकोमा आईवोस ग्लोबल लाईफ इन्टरनेशनल, नेचर हब्र्स इन्टरनेशनल, न्यु विवेक इन्टरप्राइजेज, हेल्दी लिभिङ नेपाल, केयर मार्टस इन्टरप्राइजेज, ग्लोबल ओरियन्स नेपाल, अपि लाइफ इन्टरनेशनल, केयर नेशन इन्टरनेशनल, गोल्डेन नेपाल र जि एस मल्टी ट्रेड इन्टरनेशनल छ ।


क्लिकमान्डु