भन्सार छली ल्याइएका २३ लाखका कपडासहित २ जना पक्राउ



काठमाडौ । प्रहरीले भन्सार छली गरेर ल्याएको साढे २३ लाख बढी रकम बराबरका कपडासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमडौ महानगरपालिका( २४ असनस्थित स्थानीय व्यापारीले भन्सार छली गरी कपडा तस्कर गरी ब्यापार व्यवसाय गरेको सूचना प्राप्त हुनासाथ कपडासहित २ जना पक्राउ परेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार परिसरका साथै महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोली कपडासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका( १४ बाफल घर भई असनमा व्यापार गर्ने ३८ वर्षे निरज अग्रवालले सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा राखिएका भन्सार छली गरि ल्याएका २३ लाख ५५ हजार ३०० रूपैयाँका कपडा बरामद गरेको हो । प्रहरीले अग्रवालसहित भारतको राजस्थान घर भई हाल काठमाडौ महानगरपालिमा(१८ नरदेबी बस्ने ३८ वर्षे सन्दीप कुमारलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले राजस्व छलेर ल्याएको विभिन्न रंगको सर्टको कपडा १०० थानभन्दाबढी, तथा सर्टका कपडा ३२ सय रोलभन्दाबढी नियन्त्रणमा लिएको छ । यस्तै पाइन्टका कपडा, कुर्ताको कपडा रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुई जनालाई बरामद सामानसहित त्रिभुवन अन्तरर्राष्ट्रीय विमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको एसपी मैनालीले बताए ।


क्लिकमान्डु