सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु