सुनको मूल्य प्रतितोला १ लाख ३ सय पुग्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ मूल्य पुगेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा आइतबार ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु