काठमाडौं । रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ ।
पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो ।
विभागले बालगोपालेश्वर मन्दिर सहित रानीपोखरीको सम्पूर्ण पुननिर्माणको जिम्मा महानगरपालिकालाई दिएको थियो । महानगरपालिकाले पुरात्वतीक महत्वको बालगोपालेश्वर मन्दिर भुकम्प प्रतिरोधात्म बनाउँने नाममा पुरात्वतीक साम्रार्गीको प्रयोग बिना निर्माण प्रक्रियाअघि बढाएकाले विभागले निर्माण प्रकृयामा रोक लगाएको थियो ।
पुरातात्विक महत्व बोकेको मन्दिरमा महानगरले आफ्नै ढंगले नयाँ निर्माण सामाग्री प्रयोग गरिएकाले निर्माण प्रकृयामा रोग लगाइएको हो ।
विभागले महानगरपालिकालाई बालगोपालेश्वर मन्दिरको पुननिर्माणमा मात्र रोक लगाएको हो । रानीपोखरीको अन्य स्थानको पुननिर्माण महानगरपालिकाले नै गर्ने छ ।
अहिले विभागले महानगरपालिकाले निर्माण गरेको कंक्रिटको पिल्लर भत्काएर मन्दिरको पुननिर्माणको कार्य पुनथालनी गरेको पुरात्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पद घिमिरेले जानकारी दिए ।
‘विभागले कंक्रिटको पिल्लर भत्काएर बालगोपालेश्वर मन्दिरको पुननिर्माण पुनसुरु गरेको छ, पुरात्वतीक महत्वको रक्षा गर्दै २ वर्षभित्रमा मन्दिर पहिलेको जस्तै बनाइन्छ,’ घिमिरेले क्लिमाण्डूसँग भने ।
विक्रम संवत १७२७ मा निर्माण गरिएको बालगोपालेश्वर मन्दिरमा दक्षिण अप्पा (मल्ल कालिन बुट्टेदार ईट्टा) को प्रयोग गरिएको छ ।
‘विभागले पुननिर्माणमा पुरानै डिजाइन र प्राचिन सामाग्रीको प्रयोग गर्ने छ, प्रयोगमा ल्याउन सकिने सामाग्री भत्किएका संरचनाको भग्नाभेषबाट उपयोग गरिनेछ र अपुग अवस्थामा अन्यत्रबाट ल्याएर भए पनि पुरात्वतीक महत्वमा हनन नपुने सामाग्रीको प्रयोग गरिने छ,’ इन्जिनियर घिमिरेले भने ।
विभागले २ वर्षभित्रमा भ्याट बाहेक १ करोड २७ लाख रुपैयाँमा बालगोपालेश्वर मन्दिरको पुननिर्माण गर्ने लक्ष्य राखेको छ ।
०७२ बैशाखको भुकम्पका कारण रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर रहेका भौतिक संरचनामा क्षति पुगेको थियो ।
रानीपोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा १६ हाते गणेशसहितका मूर्ति छन् ।
प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।
प्रतिक्रिया