चैत २० देखि सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय



काठमााडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार बिहीबार मन्त्रिस्तरीय निर्णय अनुसार चैत २० गतेदेखि भाडा बढ्नेछ ।

‘९ पटकसम्म इन्धनको मूल्य बढ्दा पनि भाडा समायोजन भएको थिएन,’ उनले भने, ‘आज सरकारले भाडा समायोजन गर्ने निर्णयले यातायात व्यवसायीलाई सहजज भएको छ ।’

व्यवसायीहरुले यसअघि स्वचालित मूल्यरुपमा मूल्य समायोजना हुनुपर्ने माग गर्दै आएका थिए । अब १० देखि १५ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा बढ्नेछ ।


क्लिकमान्डु