चुनावका लागि चन्दा माग्नेहरु बढे, औद्योगिक सुरक्षा बल चाहियोः उद्योगी



काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले स्थानीय निर्वाचन नजिकिँदै गर्दा चन्दा माग्ने गतिविधि बढन थालेको बताए ।

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको बताए ।

उनले चन्दा माग्ने र डर देखाउने क्रम बढेकाले सरकारले आगामी दिनमा औद्योगिक सुरक्षाबल बढाउनुपर्ने बताए । सरकारले अघि उद्योगीलाई थाहै नदिई सुरक्षाबल हटाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

‘चन्दा स्वेच्छिक हो, तर कतिपयले चन्दाका लागि दबाब समेत दिन थालेका छन्,’ उनले भने, ‘चुनावको समयमा भारतबाट पनि आपराधिक चरित्रका व्यक्तिहरु नेपाल आउन सक्छन् त्यसमा सरकारले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा उनले तेल बढेको भएपनि चामलको मूल्य भने नबढेको दाबीगरे । उनले कुनै व्यक्ति वा व्यवसायीले चामलको मूल्य बढाएको भए अनुगमन गर्न सरकारी निकायलाई आग्रह समेत गरेका छन् ।


क्लिकमान्डु