सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएकोमा बुधबार १२ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएकोमा बुधबार ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु