आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ




काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको हो ।

राजस्व हिनामिना गरेको अभियोगमा महानिर्देशक शर्मालाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

‘राजस्व हिनामिनाको अभियोगमा पक्राउ गरिएको हो, उहाँलाई अहिले आयोगको हिरासतमा राखिएको छ,’ सहायक प्रवक्ता रिजालले क्लिकमाण्डूसँग भने ।

शर्मालाई शुक्रबार १ बजे विभागको कार्यालयमा नै रहेको समयमा पक्राउ गरिएको रिजालको भनाइ छ ।


क्लिकमान्डु