शोधनान्तर घाटा अझै बढ्यो, माघसम्म २ खर्ब ४७ अर्ब घाटामा



काठमाडौं । देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ ।

आयात बढेको तथा सो अनुसार रेमिट्यान्स नबढेका कारण शोधनान्तर घाटा बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांक अनुसार चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ । पुस मसान्तसम्म यस्तो घाटा २ खर्ब ४३ अर्ब रुपैयाँ घाटामा थियो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु