सेयर बजारमा भारी गिरावटः कसले कमाए, कसले गुमाए ?

567
Shares

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम पनि निकै घटेको छ ।
बुधबार बजार मापन गर्ने सूचक ३०.२९ अंकले घटेर परिसूचक २५१४.६५ बिन्दुमा रोकिएको छ ।

बुधबारको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ बिन्दुमा रोकिएको छ । २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको १२.९६, विकास बैंक १०१.८२, जलविद्युत ५५.९६, वित्त ४५.६९, निर्जीबन बीमा १९८.५३, उत्पादन तथा प्रशोधन ४७.८६, माइक्रोफाइनान्स ४३.६४, जीवन बीमा समूहको उपसूचक १३९.९ अंकले घटेको छ ।

कारोबारमा माउन्टेन इनर्जी नेपाल, इमर्जिङ नेपाल, एआईसीएफसी फाइनान्स, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजार कम्पनी, सामुदायीक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाईड्रोपावर, नेपाल हाईड्रो डेभलोपरस, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँको सेयर किनबेच भएको छ ।