डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने



काठमाडौं । डिशहोमले रगतका कथाहरु शीर्षकमा सिरिज बनाउने भएको छ । सिरिजको पहिलो सिजनमा १३ श्रृंखला हुनेछन् । साथै, प्रत्येक श्रृंखलामा फरक–फरक कथावस्तु समेटिने छ ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको संझौतापत्रमा डिश मिडिया नेटवर्ककातर्फबाट प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण बिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिन प्ले सावित्री रसाइली र समानता गौतमको हुनेछ ।


क्लिकमान्डु