पेट्रोल, डिजल र मट्टितेलको मूल्य ५ रुपैयाँले बढ्यो, निगमलाई अझै १५ दिनमा साढे २ अर्ब घाटा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १५० रुपैयाँ, डिजल क मट्टितेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको छ ।

निगमले एलपी ग्याँसमा प्रतिसिलिण्डर ६६५.३४ रुपैयाँ घाटा हुँदा पनि मूल्य बढाएको छैन । त्यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ र बाह्यतर्फको मूल्य प्रतिलिटर १.२९५ डलर कायम गरेको छ ।

मूल्य बढाए पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा छ । निगमलाई चालु आवको फागुनसम्म करिब २८ अर्ब रुपैयाँ घाटा छ ।

भारतीय सीमामा भने नेपालभन्दा पेट्रोलमा प्रतिलिटर २४.२४ रुपैयाँ र डिजलमा १७.३१ रुपैयाँ घाटा छ ।


क्लिकमान्डु