रुस-युक्रेन युद्धको असर कार निर्माता कम्पनीमा, अधिकांशले रुसमा उत्पादन तथा आयात बन्द गरे



काठमाडौं । रुस र युक्रेनबीच जारी सैन्य युद्धको असर कार बनाउने कम्पनीहरुमा पनि देखिएको छ । जसका कारण कार बनाउने कम्पनीले भारी नोक्सानी बेहोर्नु परेको आकलन गरिएको छ ।

विज्ञका अनुसार यसले अटो क्षेत्रको सप्लाइ चेन, प्रोडक्सन तथा वर्क फोर्समाथि पनि असर परेको छ । भेहिकल्स म्यानुफ्याक्सरर भक्सवागन, रेनो तथा टायर निर्माता कम्पनी नोकियन टायर्सलगायत कैयन कम्पनीहरुले युक्रेनमाथि रुसले आक्रमण गरेपछि उत्पादन बन्द गरेका छन् ।

साथै उनीहरुले रुसबाट ती प्लान्टहरु सिफ्ट गर्नेबारेमा योजना बनाइरहेका छन् । रुसमा हुण्डाइ तथा किया कम्पनीले पनि ठूलो मात्रामा गाडी उत्पादन गर्दै आएका छन् । जसले गर्दा कार उत्पादक कम्पनीहरुको चिन्ता बढेको छ ।

रुस प्यालेडियम मेटलको सबैभन्दा ठूलो सप्लायर
रुसमा ठूलो संख्यामा प्यालेडियम मेटल पाइन्छ । रुस प्यालेडियम मेटलको सबैभन्दा ठूलो सप्लायर पनि हो ।

प्यालेडियम मेटलको प्रयोग सवारी साधनबाट निस्कने दुषित ग्याँस जस्तै कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइडको असर कम गर्नका लागि प्रयोग गरिनछ । साथै पेट्रोल तथा हाइब्रिड सवारी साधनको एग्जस्ट मोबाइक्ष्ल फोन, इलेक्ट्रिक इक्विपमेन्ट, डेन्टल सम्बन्धी उपचार तथा गहनामा पनि यसको प्रयोग हुन्छ ।

दुई देशबीचको युद्धका कारण सप्लाइ चेन रोकिएको छ भने यसको मूल्य बढेको छ । जसको असर भारतलगायतका अन्य देशको सवारी साधनको मूल्यमा देखिएको छ ।

पछिल्लो समयमा युद्धलाई मध्यनजर गर्दै भक्सवागन तथा स्कोडा जस्ता कम्पनीहरुले सिपमेन्ट बन्द गरेका छन् । अउडी तथा सेब्रोलेटले सू्चना जारी गरिसकेका छन् । साथै, पोर्शे तथा टाटा ग्रुपको ल्याण्ड रोभरले पनि सिपमेन्ट बन्द गरिसकेका छन् । साथै अउडीले पनि रुसबाट आउने सबै सामान तत्कालका लागि रोक्ने निर्णय गरिसकेको छ ।

त्यसैगरी सेमिकन्डक्टरको कमीका कारण हुण्डाइ तथा किआ कम्पनीमा पनि असर परेको छ । कोरियन कार निर्माता कम्पनी हुण्डाई तथा किआ निर्माता कम्पनी युक्रेन देशमाथि निर्भर छन् । ती कम्पनपीहरुले युक्रनेबाट नियान, क्रिप्टोन र जेना जस्ता ग्यास आयात गर्छन् । जसका कारण विद्युतीय सवारी साधनमा प्रूयोग हुने ब्याट्रीदेखि सेमिकण्डक्टरसम्म सप्लाइ कमी भएपछि कम्पनीहरुलाई भारी नोक्सान भएको छ । अब यी कारको मूल्य बढ्ने देखिएको छ ।

हुण्डाइले सन् २०१० मा पहिलो पटक रुसमा उद्योग स्थापना गरेको थियो । कम्पनीले उत्तरी अमेरिकामा निर्यातका लागि हुण्डाइ टक्सन, पलिसडे तथा किआ स्पोर्टेजको उत्पादनका शुरु गरेको थियो । रुसमा सवारी साधन कम्पनीहरुले २ करोड ३० लाखभन्दा बढी कार उत्पादन भइरहेको छ ।

रुसमा हुण्डाई, किया तथा ह्याकुक टायर्स कम्पनीले कार्यालय नै स्थापना गरिसकेका छन् ।

कोरियन अटोमोटिभ उत्पादक संघले युद्धका कारण २९ प्रतिशतसम्म बिक्री घट्ने अनुमान गरेको छ । यसअघि सन् २०१४ मा रुसले क्रिमियामा घुसेर युद्ध मच्चाउँदा ६२ प्रतिशतले बिक्रीमा गिरावट आएको थियो ।

जेडी पावर तथा एलएमसी अटोमोबाइल्सले सन् २०२२ मा विश्वबजारमा लाइट वेट सवारी साधनको उत्पादन घटाएर ८.५८ करोड युनिट बनाइदिएको छ । यो वष्र्ष ४लाख सवारी साधन कम उत्पादन हुनछन् । यसअघि रेनोले फेब्रुअरी २८ देखि ५ मार्चसम्म उत्पादन बन्द गर्ने निर्णय गरिसकेको छ ।


क्लिकमान्डु