हुन्डाई एक्सचेन्ज बिहिबारदेखि सुरु हुँदै



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको नक्सालस्थित नेपाल टेलिकम छेउमा तीनदिने हुन्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ ।

सो एक्सचेन्ज यहि जेठ १८ गते विहिबारदेखि जेठ २० गते, शनिबारसम्म संचालन हु‘दैछ । एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहने अपेक्षा गरिएको छ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र “आफ्नो सवारी साधनले नै भुत्तानी गरौँ” भन्ने नाराका साथ, आफ्नो सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गराई नयाँ हुन्डाई गाडी लग्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्सचेन्ज क्याम्प संचालन गरिने भएको छ ।

सो एक्सचेन्ज कार्यक्रममा हुन्डाईले आफ्नो ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज तथा भ्यालुएसन, एक्सचेन्ज बोनस र स्पट फाइनान्स र इन्स्योरेन्स हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने भएको छ । साथै सो कार्यक्रममा हुन्डाई ग्राहकहरूका लागि गाडीको निःशूल्क चेक–अप, टेस्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरुसमेत सम्मेलित छन । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्रमार्फत तीन जना भाग्यशाली ग्राहकलाई कूलप्याड कूल वान स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु