विशाल ग्रुपले वार्षिक ३० हजार दुई पांग्रे र ५ हजार अटोरिक्सा एसेम्बल गर्ने



काठमाडौं । विशाल ग्रुपले मोटरसाइकल, स्कुटर तथा अटो रिक्सा एसेम्बल गर्ने भएको छ । यसका लागि समूहले उद्योग विभागमा गत माघ २४ गते ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरिसकेको छ ।

विभागका अनुसार कम्पनीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १ मा एसेम्बर उद्योग सञ्चालनमा ल्याउनेछ । जसमा ४६ करोड ४५ लाख ९२ हजार ६१० रुपैयाँ लगानी हुनेछ ।

विभागका अनुसार कम्पनीले वार्षिक दुई पांग्रे (मोटरसाइकल र स्कुटर) ३० हजार थान र तीन पांग्रे अटोरिक्सा ५ हजार थान एसेम्बल गर्ने लक्ष्य लिएको छ ।

विभागका अनुसार उक्त उद्योगका लागि ५०० केभीए क्षमताको विद्युत् आवश्यक पर्छ भने १५० जनालाई रोजगारी दिने उल्लेख गरिएको छ ।

कम्पनीले हाल अटोमोबाइलसहित विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ ।

विशाल ग्रुपले हाल भल्सवागन, सुजुकी, माज्दा, ग्रेटवाल मोटर्स र रेनाउल्ट ब्राण्डका सवारी साधन बिक्री गर्दैै आएको छ ।


क्लिकमान्डु