संसद भवन अगाडि नो एमसीसी लेखिएको प्रेसर कुकर भेटियो



काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

आइतबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको भोलिपल्ट संसद भवनभन्दा अघि प्रेसर कुकर भेटिएको हो । प्रेसर कुकरमा नो एमसीसी लेखिएको छ ।

अहिले प्रेसर कुकरमा बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ । संसद भवनको मूल गेट अगाडिको सडकको बीच भागमा ११ बजेतिर प्रेसर कुकर राखिएको हो ।


क्लिकमान्डु