सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला १४ सय रुपैयाँले घट्यो



काठमाडौं । रुस–युक्रेनबीचको युद्धका कारण ह्वात्तै बढेको सुनको मूल्यमा शुक्रबारदेखि गिरावट देखिएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ४ सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु