बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ्ग खुला, शुरुवाती मूल्य ७८ लाख



काठमाडौं । सर्वाधिक मानिसहरूको चासो र पर्खाइमा रहेको बहुप्रतिच्छित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ ।
फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकका लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

यस्ता छन् विशेषता
फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ ।
साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन् ।
फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एवीएस् ईडीवी व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स छन् ।
थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे छ । यस जिपमा ठूलो सिंगल विइन्डो रहेको कम्पनीको भनाइ छ ।
यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । साथै यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ ।


क्लिकमान्डु