सेयर बजारमा भारी गिरावट, हिमालयन जनरलको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुदेखि नै गिरावट टे«न्ड समातेको बजार अन्तिम समयसम्म पनि कायम नै रहयो । जसले गर्दा बजार मापन गर्ने सूचक ५८.९९ अंकले घटेर परिसूचक २६६१.४४ बिन्दुमा रोकिएको छ ।

यो दिनको २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ ।

बिहीबारको कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ ३०.२७, विकास बैंक ११५.७२, फाइनान्स ६९.९८, जलविद्युत ९०.७२, जीवन बीमा ४१८.९५, उत्पादन तथा प्रशोधन १२९.७३, माइक्रोफाइनान्स १०९.७९, निर्जीबन बीमा समूहको उपसूचक २४५.५५ अंकले घटेको छ ।

बजारमा यति धेरै गिरावट आउँदा पनि हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु