संसदमा एमसीसीबारे छलफल हुनुअघि नयाँ बानेश्वरमा आन्दोलन चर्कियो



काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक शुरु हुनु अघि एमसीसीको विरोधमा नयाँ बानेश्वरमा आन्दोलन शुरु भएको छ ।

संसदमा एमसीसीका विषयमा छलफल हुने भएपछि सयौं संख्यामा युवाहरु नयाँ बानेश्वरमा जम्मा भएर विरोध गरिरहेका छन् । जसले गर्दा यतिबेला नयाँ बानेश्वर तनावग्रस्त बनेको छ ।

माओवादी केन्द्र, नेकपा समाजबादी एकीकृतलगायतका पार्टीका कार्यकर्तासँगै स्वतन्त्र युवाहरुले आन्दोलन गरिरहेका छन् ।

यता अर्थमन्त्री जनार्दन शर्माभने संसदमा एमसीसीका विषयमा छलफल हुने भएपछि संसद छलेर पर्वतको कुश्मामा विदा मनाइरहेका छन् । बिहीबार कुश्माको द क्लिफमा रहेको स्काइ रेष्टुराँमा पत्नीसँग ममः खाइरहेको भिडियो समेत खिचेका छन् ।
आन्दोलनकारीहरुले एमसीसी खारेज गरलगायतका नारा लगाइरहेका छन् ।


क्लिकमान्डु