आइएमस मोटर्सको ‘फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प’ अफर



काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूका लागि विभिन्न छुट तथा निःशुल्क सेवा दिने भन्दै ‘फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प’ अफर ल्याएको हो

कम्पनीकाअनुसार सो अफर फाल्गुन ३ गतेदेखि १७ गतेसम्म लागू हुनेछ ।

आइएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई यस कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले बम्पर उपहारमा १०० प्रतिशतसम्म नगद फिर्ताको अफर ल्याएको हो ।

त्यसैगरी, कम्पनीले स्याङयोङ्ग गाडीहरुमा निःशुल्क स्वास्थ्य परिक्षण, किफायती भागहरुमा ५० प्रतिशतसम्मको छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्रि वास, ग्राहकहरूका लागि आकर्षक उपहारहरू, आकर्षक सट्टापट्टा प्रस्ताव र तुरुन्त मुल्याङ्कनको सुविधा ल्याएको छ ।

यस सेवा स्याङयोङ्गका ग्राहकहरुका लागि विशेष रुपमा नेपालभरि रहेका ४ विभिन्न आधिकारिक सेवा केन्द्रहरु सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । जसमा कम्पनीले खुसिबु नयाँ बजार, काठमाडौं स्थित मोटो इन्जिनियरिङ्ग प्रालिमा, रविभवन, लामपाटे – १४, काठमाडौं स्थित परिदी मोटर्स प्रालिमा, बेलवास – १२, बुटवलस्थित भैरव अटो भिलेज प्रालिमा र मायादेवी – ८, भैरवहास्थित एए अटोमोबाइलस् प्रालिमा सो सेवा लिन पाउनेछन् ।


क्लिकमान्डु