क्यानका डिजी प्रदीप अधिकारीको नियुक्त खारेजको माग गर्दै राजकुमार क्षेत्रीले हाले सर्वोच्चमा रिट



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक (डिजी) प्रदीप अधिकारीको नियुक्त खारेजीको माग गर्दै राजकुमार क्षेत्रीले सर्वोच्च अदालतमा रिद दायर गरेका छन् ।

उनको रिट मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा पुगेको छ ।

गत माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले क्यानको डिजी पदमा ११औं तहका कर्मचारी अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अधिकारीले माघ २० गते बिहीबार पदभार ग्रहण गरेका थिए ।

यसअघि ५८ वर्षे उमेर हकका कारण प्राधिकरणको महानिर्देशक पदबाट अवकाश पाएका थिए । आफू ४ वर्षका लागि महानिर्देशक भएको र क्यानको ऐनमा महानिर्देशकको हकमा उमेर सम्बन्धी व्यवस्था उल्लेख नभएको दाबी गर्दै क्षेत्री अदालत पुगेका थिए ।

उनले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले गत फागनु १ गते क्षेत्रीलाई तत्काल पदबाट अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । साथै, फागुन ९ गते विपक्षीसहित छलफलका लागि समेत बोलाएको छ ।


क्लिकमान्डु